लाखौ भारतिय नोट सहित ईलामबाट एक जना पक्राउ

<span class='c1'>लाखौ भारतिय नोट सहित ईलामबाट</span> <span class='c2'> एक जना पक्राउ</span>

विराटनगर।

ईलाम सुर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले लाखौ भारतिया नोट सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् ।

प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा हिजो बेलुका ४ बजे अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा भारतिय ११ लाख रुपिया फेला परे पश्चात उनलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।

पक्राउ परेका उनलाई कानुनि कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराट नगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्