बिराटनगर । नेपाल खेलकुद महासंघ बिराटनगर र गोर्खा के–९ स्पोर्टस् क्लव विराटनगर–१७ को संयुक्त आयोजनामा मटेरुवास्थित कब्रिस्तानको सरसफाई गरिएको छ । विराटनगर १७ मा रहेको उक्त कब्रिस्तान परिसर सरसफाई गरिएको हो ।
कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु ,मटेरूवा पोष्टका प्रहरी जवानहरु र स्थानीय युवाहरुको उल्लेखनिय सहभागिता रहेको युवा नेता हमिद आजादले जानकारी दिनुभयो ।