विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मलले यसपटकको दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै ‘दशै महाउत्सव’ का रुपमा मनाउने भएको छ ।
दशै महाउत्सवको अवसरमा आफ्ना सेवाग्राहीलाई सयौ अफरको बहार हुने सेन्ट्रल मल्टिप्लेक्सका मेनेजर रमेश झाले बताए । दैनिक अफरमा कुपन , चादीको सिक्का , नगर फिर्ता, छुट , सिनेमा टिकट तथा थुप्रै आकर्षक उपहारहरु ठाँउको ठाँउ वितरण गरिने छ । हरेक हप्ता घरेलु सामानहरु लक्की ड्र मार्फत वितरण गरिनेछ । १ हजार वा सो भन्दा माथीको सामान खरिदमा उपभोक्ता लक्की ड्र मा सहभागी हुनेछन् । उपभोक्ताले दैनिक फिल्मको टिकट, र चादीको सिक्का प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी साप्ताहिक लक्की ड्र मार्फत टिभी , फ्रिज , ओभन , जस्ता ईलेक्ट्रोनिक सामान जित्न सक्नेछन । उत्सवको अन्तिम दिन बम्पर उपहार मार्फत एक थान स्कुटी , काठमान्डौ - पोखरा ट्रिप र सुनको सिक्का प्राप्त गर्न सकिने सेन्ट्रल मलका जेनेरल मेनेजर क्षितिज साहले जानकारी दिनुभयो । यो अफर आज असोज २१ देखी आगामी कात्तिक २८ गते सम्म यो अफर जारी रहने सेन्ट्रल मलले जनाएको छ ।