विराटनगरमा खुल्यो स्तरीय माईन्ड एन्ड बडि वेलनेस स्पा

<span class='c1'>विराटनगरमा खुल्यो स्तरीय माईन्ड</span> <span class='c2'>एन्ड बडि वेलनेस स्पा</span>

बढ्दो सहरिकरण र कामको व्यस्तताको कारणले हामीहरु प्रत्येक दिन शाररिक र मानसिक रुपमा थकित बन्दै गईरहेका छौं । र हामीले हाम्रो शारिरिक र मानसिक स्वास्थ्यलाई ध्यान दिन सकिनौं भने यसले गम्भिर स्वास्थ्य समस्याहरुलाई निम्तो दिने गर्दछ ।
यहि कुरालाई मध्यनजर गर्दै शारिरीक र तनाव दुर गर्दै आरमदायी सेवा प्रदान गर्नको निम्ति विराटनगरमा माईन्ड एन्ड बडि वेलनेस स्पाको स्थापना भएको छ ।

यस स्पाको स्थापना पछाडी पनि एउटा रोचक कथा जोडिएको छ । विराटनगरमा चर्चित हेयर सलुन ब्रान्ड निल डेभिडको युनिसेक्स सलुनका संचालक सरोज थापालाई सँधै उहाकहाँ आउने ग्राहकहरुले स्पा लगायतको सुविधा पनि भए नभएको सोधि खोजी गर्दथे । त्यसैगरि बाहिरबाट आएका आगन्तुकहरुले यहाँ अन्तराष्ट्रिय स्तरको स्पाहरुको सुविधा नै नपाएको गुनासो गर्दथे । त्यसपछि उस्तै क्षेत्रमा विगत १६ वर्ष देखि आवद्ध उहाँलाई यहाँ नयाँ , गुणस्तरीय र सुविधासम्पन्न स्पा सुरु गर्ने ईच्छा जागेछ । सोहि ईच्छा र परिकल्पनामा आधारित भई सुरु भएको हो, माईन्ड एन्ड बडि वेलनेस स्पा ।

उच्च प्रविधिका साथ सिपयुक्त प्रशिक्षित कर्मचारीहरु सहित सेन्ट्रल मलको दोस्रो तल्लामा सुरु भएको माईन्ड एन्ड बडि वेलनेस स्पामा अन्तराष्ट्रिय स्पा थेरापी, आयुरवेदिक स्पा थेरापी र ओरिएन्टल स्पा थेरापीसँग सम्बन्धित लगायतका सेवाहरु लिन सकिने संचालक ले जानकारी दिनु भयो ।

उहाँले स्पामा आयुरवेदिक थेरापी, हट स्टोन थेरापी, मेनिक्युर, पेडिक्युर, स्टिम बाथ, रिफ्लेक्सोलोजी लगायतका सेवाहरु समेत उपलब्ध रहेको बताउनु भयो ।

यि सबै सेवाका लागि आफुहरुसँग सबैभन्दा अनुभवि र तालिम प्राप्त थेरापिस्टहरु उपलब्ध रहेको बताउनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्