विराटनगर । निरन्तर बर्षाका कारण नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिडमा बाढी पसेपछि विराटनगरको विद्युत अवरुद्ध भएको छ ।
विराटनगर वितरण केन्द्रमार्फत वितरण हुने सबै ग्रिडमा एकै पटक विद्युत अवरुद्ध भएको हो । विराटनगर वितरण केन्द्रले ४ वटा सब–स्टेशनको २५ ग्रिडमार्फत विद्युत आपूर्ति गर्दै आएको छ । टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरी सब–स्टेशनबाट २५ ग्रिडमा विराटनगर, कटहरी, ग्रामथान, बुढीगंगा र जहदामा प्रणारण लाइन एकै पटक अवरोध भएको हो ।
नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रका सूचना अधिकृत भरत केसीले दुहबीको कन्ट्रोल रुममा बाढी पसेपछि लाइन काटनु परेको बताएका छन् ।
अब भने बर्षा थामिएपछि मात्र विद्युत आपूर्ति हुने वितरण केन्द्रले जनाएको छ ।