मौसम अनुकुल भए बिहीबार साँझदेखि विद्युत आपुर्ति हुने

<span class='c1'>मौसम अनुकुल भए बिहीबार</span> <span class='c2'>साँझदेखि विद्युत आपुर्ति हुने</span>

विराटनगर । अत्याधिक वर्षाका कारण विद्युत प्राधिकरणको दुहबी ग्रिड शाखा जलमग्न भएसँगै मंगलबार रातीदेखि अवरुद्ध भएको विद्युत बिहीबारदेखि मात्र आपुर्ति हुने भएको छ ।

मौसम अनुकुल भए आवश्यक मर्मत गरेर बिहीबारदेखि पुनः विद्युत आपुर्ति गर्ने तयारी रहेको नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ । बर्षातको पानी कन्ट्रोल रुममा पसेपछि मंगलबार रातीदेखि दुहबी ग्रिड शाखाले विद्युत आपुर्ति रोकेको थियो । अन्य क्षेत्रका प्रसारण लाइनमा समेत क्षति पुगेपछि मंगलबार रातीदेखि प्रदेशभरिमा विद्युत आपुर्ति हुन सकेको छैन् । दुहबी ग्रिडले प्रदेशका अन्य सब–स्टेशनहरुलाई पनि विद्युत आपुर्ति गर्नुपर्ने भएकाले अवरोध समाप्त पार्न धमाधम काम गरिरहेको छ । मौसमले साथ दिए बिहीबार साँझबाट विद्युत आपुर्ति गर्ने तयारी रहेको विराटनगर वितरण केन्द्रका सुचना अधिकार भरत केसीले बताउनुभयो ।

१८ वटा वितरण शाखा रहेको नेपाल विद्युत प्राधिकरणको प्रदेश १ मा ६ लाख ८२ हजार ८ सय ८९ सेवाग्राही छन् । प्राधिकरणको विराटनगर वितरण केन्द्रले मात्रै विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बूढीगङ्गा गाउँपालिका र जहदा गाउँपालिमा अवस्थित सब–स्टेशनबाट दैनिक ७४ हजार घरधुरीलाई नियमित विद्युत आपुर्ति गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्