लायन्स तथा लियो क्लबद्धारा ५ सय बढी बाढीपिडितलाई निःशूल्क भोजन

<span class='c1'>लायन्स तथा लियो क्लबद्धारा ५</span> <span class='c2'>सय बढी बाढीपिडितलाई निःशूल्क भोजन</span>

विराटनगर । लायन्स तथा लियो क्लब अफ विराटनगर गोग्राहले बाढी पिडित लक्षित हंगर रिलिफ कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले बुधबार संयुक्त रुपमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको आयोजना गर्दै क्लबले सिंघिया खोला आसपासका बाढी पीडितहरुलाई निःशुल्क भोजन गराएको छ । क्लब विराटनगर ७ स्थित हरियाली टोलमा कार्यक्रमको आयोजना गरि ५०० बढी बाढी पिडितहरुलाई भोजन गराएको हो । कार्यक्रममा लायन्स र लियोका सयभन्दा बढी सदस्यहरुले स्वयंमसेवकको भुमिका निर्वाह गरेका थिए ।

कार्यक्रमलाई भने लायन्स क्लब अफ विराटनगर गोग्राहाका पास्ट प्रेसिडेन्ट चन्द्रमणि गुरागाईं र लायन दीपेन्द्र स्वर्णकारले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्