विराटनगर।
मोरङको लेटाङ नगरपालिका-९ मा आज बिहान मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले बिहान साँढे ९ बजेको समयमा स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिंदा उनि घाइते भएकि थिइन्।
उपचारको क्रममा घाइते भएकी उनको बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । साथै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।