वैकिंग कसुर मुद्धामा एक फरार प्रतिबादी पक्राउ

<span class='c1'>वैकिंग कसुर मुद्धामा एक</span> <span class='c2'>फरार प्रतिबादी पक्राउ</span>

विराटनगर ।

सुनसरी धरान उपमहानगरपालिका ३ बस्ने फरार प्रतिबादी ३८ बर्षीया रानी कुमारी साहलाई आज पक्राउ गरि सम्मानित जिल्ला अदालतमा बुझाईएको छ ।

वैकिंग कसुर मुद्धामा सम्मानित मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमश : १ महिना कैद तथा रु.५,००,०००/- (पाँच लाख) जरिवाना भई लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा प्रदेश नं १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा उनलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकि साहलाई सम्मानित सुनसारी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्