विराटनगरमा ऋङ्खलाबद्ध रुपमा चोरी तथा लुटपाटको घटना बढ्दै

<span class='c1'>विराटनगरमा ऋङ्खलाबद्ध रुपमा चोरी</span> <span class='c2'>तथा लुटपाटको घटना बढ्दै</span>

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा पछिल्लोे समय ऋङ्खलाबद्ध रुपमा चोरी तथा लुटपाटको घटना बढ्न थालेका छन् ।

प्रहरीको कडा सुरक्षा व्यवस्थालाई समेत चुनौती दैनिकजसो चोरी तथा लुटपाटको घटना बाहिर आउन थालेपछि नागरिकले सुरक्षाको अनुभुति गर्न छाडेका छन् । चाडपर्व नजिकिएसँगै अपराधिक गतिविधिहरु बढेपछि आम नागरिकले घरबाहिर निस्कन समेत दशपटक सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । शहरको व्यापक चहलपहल हुने क्षेत्रमा पनि घर तथा पसल लुटिन थालेपछि सर्वसाधारण तथा उद्योगी व्यावसायीले प्रहरीको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाउन थालेका छन् ।

कात्तिक ६ गते शनिबार विराटनगर–९ हिमालय रोडस्थित सनराईज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा चोरी भयो । पसलबाट झण्डै डेढ लाख मुल्य बराबरका डेढ दर्जन बढी स्मार्टफोन र अन्य सामाग्रीहरु चोरी भए । गतवर्षको असारमा सोही पसलको देब्रेतिर रहेको सटर काटेर चोरहरुले झण्डै १७ लाख मुल्य बराबरका ५० वटाभन्दा बढी स्मार्र्टफोन र एसोसरिजहरु चोरेर लगेपछि सोही पसलमा पुनः चोरी भएको यो दोश्रो घटना हो ।

यस्तै घटना आईतबार विराटनगर–७ शनिमन्दिरस्थित कोमल मोबाईल एण्ड टे«र्डसमा पनि भयो । हिमालयन रोडस्थितको मोबाईल पसलमा चोरी भएको २४ घण्टा नबित्दै चोरहरुले उक्त मोबाईल पसलमा चोरी गरे । पसलको पछाडिपट्टीको चेनगेटको ताला र प्लाईको पार्टिसन फुटाएर चोरहरुले झण्डै १८ लाख मुल्य बराबरका दर्जनौ स्मार्टफोन, ल्यापटप र अन्य सामाग्रीहरु चोरेर फरार भए । सञ्चालकले बिहान पसल खोल्दा मात्र चोरीबारे थाहा पाए ।

यी दुई घटनाहरु प्रतिनिधिमुलक मात्र हुन् । मोरङमै पछिल्लो ३ महिनाको अवधिमा कुल २८ वटा चोरीका घटनाहरु भईसकेका छन् । भदौमा १८, असोजमा ९ र कात्तिको हालसम्म २ वटा चोरीका घटनाहरु जिल्ला प्रहरी कार्यालय, मोरङमा दर्ता भएका छन् । तर, यसका बाबजुद प्रहरीले आफ्नो सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सकेको छैन् । प्रहरीको सुरक्षा व्यवस्था फितलो भएकै कारणले यी यस्ता घटनाहरु बढ्दै गएको विराटनगरस्थित सनराईज इन्टरप्राईजेजका सञ्चालक मधु कुमार राई बताउँछन् ।

विराटनगरमा यसअघि पनि असोज २२ गते वडा प्रहरी कार्यालय छेउबाटै बाईकमा आएका ३ हतियारधारीको समुहले दिनदहाडै एक गार्मेन्ट पसल लुटेका थिए । सोही समुहले मोरङको धनपालथान गाउँपालिका–४ स्थित सिटिजन्स बैंक समेत लुटेका थिए । प्रहरीले घटनामा संलग्न ९ जनामध्ये ४ जनालाई पक्राउ गरि सार्वजनिक गरिसकेको भएपनि लुटको रकम र बाँकी आरोपीहरु भने हालसम्म फरार छन् । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नगरक्षेत्रमा व्यापक प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा रहेको प्रचार गरिरहेको भएपनि यी घटनाले प्रहरीको वास्तविकता उदाङ्गो हुन्छ । घटना भएपछि अनुसन्धान गर्ने भन्दापनि घटना हुनै नदिने बिषयमा प्रहरीको चासो न्युन देखिदा नागरिकले त्रासपुर्ण वातावरणमा पसल व्यावसाय सञ्चालन गर्नुपरेको विराटनगरस्थित कोमल मोबाईल एण्ड टे«र्र्डसका सञ्चालक राम कुमार राई बताउँछन् ।

यद्यपि घटना न्यूनीकरण गर्ने र नागरिकलाई सुरक्षाको अनुभुति दिलाउने सवालमा मोरङ प्र्रहरी प्र्रतिबद्ध रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए । उनले जिल्लाभित्र शान्ति, सुरक्षा र अमनचयन कायम गर्न व्यापक रुपमा प्रहरी टोलीहरु परिचालित गरिएको जानकारी दिए ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ अन्तरगत  मोरङमा ८७ वटा चोरीका घटनाहरु भएका थिए । तर, गत आर्थिक वर्षको अन्तिमसम्म आईपुग्दा घटनाको सो ग्राफ भने बढे्र ११० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्