नेकपा एमाले विराटनगर महानगर अध्यक्षमा थापा र बस्नेतको दावी

<span class='c1'>नेकपा एमाले विराटनगर महानगर अध्यक्षमा</span> <span class='c2'>थापा र बस्नेतको दावी</span>

विराटनगर । नेपका एमाले विराटनगर महानगर कमिटि नेतृत्वमा दुई युवा सागर थापा र पर्शुराम बस्नेत समूहले दावी गरेका छन् । जारी महानगर अधिवेशनको उद्घाटन सत्रपछि आजैदेखि सुरु हुने बन्द सत्रले नेतृत्व चयन गर्ने कार्यक्रम छ ।

महानगरका इन्चार्ज थापा र बस्नेतले नेतृत्वमा दावी गरेसँगै सर्वसहमति नभएको अवस्थामा प्यानल बनाएर चुनावी प्रतिस्प्रर्धामा उत्रने भएका हुन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशैभरका पालिकामा एकिकृत रुपमा अधिवेशन उद्घाटन गर्नु भएको छ ।
विराटनगर महानगरपालिकाको अधिवेशनमा पार्टीका स्थायी समिति सदस्य शंखर पोखरेल प्रमुख अथिति हुनुहुन्छ । उद्घाटन सत्रपछि हुने बन्दसत्रले महानगरको अध्यक्षसहित पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको छ । जसमा अहिलेका इन्चार्ज थापा र बस्नेत दुवै आकांक्षी देखिएका छन् ।

राजनीतिक पृष्ठभूमि भएका थापा विराटनगरमा इमान्दार राजनीतिकर्मीका रुपमा परिचित छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेयता अहिलेसम्म व्यक्तिगत तथा सामाजिक छवीमा इमान्दार राजनीतिकर्मीको रुपमा थापालाई चिनिन्छ ।
राजनीतिक पृष्ठभूमिमा केहि नकारात्मक छाप देखिएका बस्नेत समेत युवा संघको केन्द्रीय उपाध्यक्ष भईसकेका व्यक्ति हुन् । उनको सकारात्मक भन्दा धेरै नकारात्मक चर्चा हुने गरेपनि युवाबीच लोकप्रिय मानिन्छन् । युवा संघको केन्द्रीय राजनीतिबाट पछिल्लो समय बाहिरिएका बस्नेत पार्टीको महानगर कमिटिको अध्यक्षको रुपमा अगाडी बढ्ने योजनामा देखिएका हुन् । खेलकुद महासंघको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा अहिले पनि बस्नेत रहेका छन् ।

मोरङमा एमालेका युवा नेता तथा प्रदेश सचिव बिनोद ढकालको प्रभाव रहेका कारण विराटनगर महानगरमा सर्वसम्मत नेतृत्व चयन गर्ने योजना रहेको छ । अधिकांश वडा अधिवेशन समेत सर्वसम्मत रुपमा सम्पन्न गरेको नेकपा एमालेले पार्टी विभाजनको असरलाई कम गर्न पालिका अधिवेशनबाट समेत सर्वसम्मत नेतृत्व चयन गर्ने योजना राखेको छ ।

महानगरको इन्चार्ज हुँदा थापाले पार्टी संगठन विस्तारमा दिइएको योगदानको कदर गर्दै अध्यक्षको जिम्मेवारी दिने मनसाय पार्टीका नेताहरुको छ । तर, बस्नेतले समेत प्यानल बनाएर नेतृत्व दावी गरेको अवस्थामा दुवै समूहबाट मिलाएर महानगर कमिटि सर्वसम्मत निर्वाचित गर्ने तयारी रहेको छ । महानगरको सचिवमा रोहित कोइराला र राधेश्याम कट्टेलले उमेद्वारी दिने घोषणा छ । पार्टीका नेताहरुले सागर थापालाई अध्यक्ष र रोहित कोइरालालाई सचिवको भूमिका दिएर दुवैतर्फको सन्तुलन मिलाउने भित्री तयारी गरेको एक नेताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्