राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य आरति गेलालसहित ७२ जना नेकपा एमालेमा प्रवेश

<span class='c1'>राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य आरति</span> <span class='c2'>गेलालसहित ७२ जना नेकपा एमालेमा प्रवेश</span>

विराटनगर।

आकृति रानी फुयल।

आज विराटनगर स्थित जैन भवनमा आयोजित नेकपा एमाले विराटनगर महानगर कमिटिको ` ऐतिहासिक प्रथम अधिवेशन ´ को अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य आरति गेलालसहित जिल्ला अध्यक्ष डा. दुर्गा बहादुर अधिकारि लगायत राप्रपा मोरंगका ७२ जना अगुवा नेता तथा कार्यकर्ताले नेकपा एमाले पार्टी प्रवेश गरेका छन्।

आवर विराटनगर संग कुरा गर्दै गेलालले आफुहरुको विचार र भावनाको कदर गर्दै स्वागत र सम्मान गरेकोमा नेकपा एमालेप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दै राप्रपाको ३० वर्षीय इतिहासलाई त्यागि राष्ट्र र राष्ट्रियताको रक्षाका लागि एमालेमा समाहित भई आफुहरुले नयाँ युगको सुरुवात गरेको बताउदै ऐतिहासिक प्रथम महानगर कमिटि अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेकी छन् ।

साथै उनले गत साता आएको बेमौसमी बाढीका कारण चाहेर पनि सबै नेता तथा कार्यकर्ताहरुलाई आजको कार्यक्रममा उपस्थित गराउन नसकेकोमा दुख ब्यक्त गर्दै आगामी दिनमा सबैलाई संगै समेटेर लैजाने कुराको जानकारी दिईन् ।

त्यसैगरी राप्रपाका नेता डा. अधिकारीले राप्रपाले गणतान्त्रिक संविधानलाई अंगालेपछि राप्रपाको राजनिति गर्नुपर्ने कुनै औचित्य नरहेको र बारम्बार व्यक्तिगत स्वार्थपूर्तिका लागि हुँदै आएको पार्टी जुट र फुटदेखि दिक्क भएर मातृभूमि रक्षाका लागि राष्ट्रवादी पार्टी एमालेमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्