विराटनगर।
इलाम देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङलाई झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ ।
परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको उनले आफ्नै घर भित्र हिजो बिहान ६ बजे झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनिहरुको मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली गई तामाङलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।