विराटनगर–१८ बाट आठ लाख २० हजारसहित एकजना पक्राउ

<span class='c1'>विराटनगर–१८ बाट आठ लाख</span> <span class='c2'>२० हजारसहित एकजना पक्राउ</span>

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपिँयासहित एकजनालाई नियन्त्रणमा लिइएको छ । को.२९ प ८६४० नम्बरको स्कूटरमा सवार झापा बिर्तामोड–३ का उमेश साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नेपाली नगद रु १००० को ३३५ थान, रु ५०० को ६४० थान, रु १०० को १६०० थान र रु ५० को १०६ थान नोट बरामद गरेको जानकारी दिइएको हो । प्रहरी नियन्त्रणमा परेका साहमाथि थप अनुसन्धान गर्नराजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्