विराटनगरमै बोक्सी आरोपमा कुटपिट, कारवाहीमा प्रहरी वेवास्ता भएको पीडितको आरोप

<span class='c1'>विराटनगरमै बोक्सी आरोपमा कुटपिट, कारवाहीमा</span> <span class='c2'>प्रहरी वेवास्ता भएको पीडितको आरोप</span>

विराटनगर । विराटनगर–८ मा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । चारजना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन् ।

स्थानीय मुस्तकिम मियाँ, सगिर मियाँ, कविर मियाँ र हविबुल मियाँले महिलालाई बोक्सी आरोपमा कुटपिट गरेपनि प्रहरीले कारवाही नगरेको पीडितको आरोप छ । गत असोज १९ गतेको घटनापछि प्रहरीमा ठाडो निवेदन पीडितको नाममा परेको थियो । त्यसपछि पीडितको घाउ चेकजाँच गरिएको छ ।

तर, प्रहरीले उजुरी लिन नमानेको भन्दै उनीहरुले हुलाकबाट जाहेरी पठाएका थिए । पाँच दिन अगाडी पठाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पुगेको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
तर, हुलाकबाट जाहेरी गरेपनि पीडित सनाखतका लागि नगएका कारण कारवाही प्रक्रिया बढाउन नसकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पीडितले हुलाकबाट जाहेरी पठाएर अहिले विभिन्न बहाना बनाउने गरेका छन् । जाहेरी सनाखत गरेपछि मात्रै थप प्रक्रियामा जान सकिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पीडितले भने पहुँचवाला पीडक भएका कारण प्रहरीले पक्राउ गरेर अनुसन्धानको प्रक्रियामा लैजान आनाकानी गर्दै आएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्