भीम कामत मृत्यु प्रकरण : मृत्तकको भिसेरा रिपोर्ट आयो, प्रतिवेदन आईतबार पेश हुने

<span class='c1'>भीम कामत मृत्यु प्रकरण : मृत्तकको भिसेरा</span> <span class='c2'>रिपोर्ट आयो, प्रतिवेदन आईतबार पेश हुने</span>

विराटनगर । गाँजासहित पक्राउ परेर प्रहरी नियन्त्रणमै ज्यान गुमाएका भीम कामत मृत्यु प्रकरणको निष्कर्ष आईतबार आउने भएको छ ।

धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कामतको भिसेरा रिपोर्ट आएपछि छानबिनका अन्तिम चरणमा पुगेको हो । आज दिउँसो १ बजेको बैठकमा आवश्यक छलफल गरि छानबिन समितिले आईतबार प्रतिवेदन बुुझाउने तयारी गरेको छ । कामतको भिसेरा रिपोर्ट भने बुधबार साँझ नै आएको हो । रिपोर्ट आएपछि मृत्यु प्रकरणको छानबिनका निम्त्ति गत भदौ २१ गते गठित समितिले बिहीबार मृत्तकका आफन्त र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग घटनाबारे अन्तिमपटक सत्यतथ्य बुझ्ने प्रयास गरेको छ ।

भीम कामत मृत्यु प्रकरणको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिको सदस्यमा १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, वडा नं. ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, वडा नं. १२ का वडाध्यक्ष हीरालाल कामत र मृत्तकका छिमेकी विरेन्द्र कुमार कार्की छन् । समितिले १० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरि तयार प्रतिवेदन मोरङ प्रशासनलाई बुझाउनुपर्ने भएपनि भिसेरा रिपोर्ट नआएकाले घटना निष्कर्षमा पुग्न सकेको थिएन् । तर, हाल भिसेरा रिपोर्ट प्राप्त भईसकेको र अन्तिम चरणको छानबिन पनि सम्पन्न भईसकेको हुनाले थप बिलम्ब नहुने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले बताए । उनले छानबिन समितिको प्रतिवेदन सम्भवतः आईतबार नै प्रमुख जिल्ला अधिकारी समक्ष पेश हुने जानकारी दिए ।

लागुऔषध मुद्दामा भदौ १८ गते पक्राउ परेका विराटनगर–११ का कामतको भदौ २० गते मृत्यु भएको थियो । अनुसन्धानको क्रममा २ दिन हिरासतमा रहेको अवस्थामा बिरामी भएपछि भदौ २० गते प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल पु¥याएको थियो । अस्पताल पुगेपछि गाडीबाट निस्कने क्रममा मुखमा फिँज निकाली बेहोस भएका कामतको उपचारका क्रममा मृत्यु भएको हो । तर, मृत्तकका परिवार तथा आफन्तजनले प्रहरी हिरासतमै चरम यातना दिएको कारण उनको मृत्यु भएको आरोप लगाउँदै आएका छन् । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले पनि कामतलाई मृत अवस्थामै अस्पताल ल्याईएको पुष्टि गरेका छन् ।

उक्त मुत्यु प्रकरणमा भने मोरङका ३ जना प्रहरीको नाम बाहिर आएको छ । मोरङ प्रहरीका हवल्दार ढकबहादुर कार्की, मनोज साह र राजवंशी थर भएका एकजना उपर हिरासतमा रहँदा बिरामी भएको अवस्थामा समेत कामतलाई यातना दिएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्