श्रीमान् परस्त्रीसँग वेपत्ता भएपछि ९ महिनाकी गर्भवती उषाको कन्तबिजोक

<span class='c1'>श्रीमान् परस्त्रीसँग वेपत्ता भएपछि ९</span> <span class='c2'>महिनाकी गर्भवती उषाको कन्तबिजोक</span>

प्रेम देवान
बिराटनगर । विराटनगर ८ असोक चौककी ३० बर्षीया उषा भुजेल ९ महिनाकी गर्भवती छिन् । उनलाई आफ्ना श्रीमान् शिवहरी पासवानले तीन महिना अगाडीदेखि छोडर वेपत्ता भएका छन् । गर्भवती अवस्थामा रेखदेख गर्नुपर्ने बेलामा अर्काकी श्रीमती लिएर पासवान भागेका हुन् ।
एघार वर्ष अगाडी अन्तर जातिय विवाह गरेकी उषाको ९ बर्षको छोरा पनि छन् । शिवहरीले त्यही ९ बर्र्षीय छोरा र काम गर्दै आएको फर्निचर उद्योग सञ्चालक (मालिक) की श्रीमती लिएर फरार भएको उषाले बताइन् ।

विराटनगरको महेन्द्र माध्यमिक विद्यालयमा पढ्दा–पढ्दै उषा र शिवहरीबीच प्रेम विवाह भएको थियो । विवाह पश्चात उषाले पढाई छाडिन् । उषाले आफुले पढाई छाडे पनि श्रीमान्लाई भने पढाउने अठोट बोकिन् । अरुको घरमा भाडा माझ्ने र तरकारी बेचेर शिवहरीलाई बिएडसम्मको अध्ययन गराइन् । त्यसपछि शिवहरीले मोरङको कटहरीस्थित तराई फर्निचर साथीसँगको साझेदारीमा खोले । केही महिना पछि शिवहरीले तराई फर्निचर छोेडेर अंश फर्निचरमा काम थाले । त्यहि फर्निचरमा काम गर्दागर्दै गितादेवी मलहालाई लिएर उनी फरार भईदिए । दुई सन्तानकी आमा टिपेर दुई सन्तानका बाबु बन्न लागेका शिवहरी फरार भएका छन् । गितादेवीले आफ्ना दुई सन्तान र शिवहरीले आफ्नो एक छोरासँगै लिएर गएका छन् ।

श्रीमती फर्निचर उद्योगमा काम गर्ने कामदारसँग हिँडेपछि पीडित बनेका उमेशकुमार मलाहा अहिले आफ्ना दुई सन्तानको चिन्तामा छन् । उषा समेत आफ्नो छोराको पीरमा छिन् । उमेशले आफ्नी श्रीमतीसँगै सन्तान खोजिरहेका छन् । उषा पनि आफ्नो श्रीमान् र छोरो !
चलचित्रको कथा झैं लाग्ने घटनाले दुई परिवारको सामाजिक अवस्था बिथोलिएको छ । आफ्नो परिवारलाई धोका दिएर फरार भएका शिवहरी र गितादेवीले भने अंकमाल र चुम्बन गरेर खिचाएको फोटो उमेश र उषालाई पठाई दिने गरेका छन् ।

शिवहरीले उषा भुजेललाई म्यासेन्जरमा गितादेवीसंगको तस्वीर पठाउदै अबदेखी नखोज्नु भनेका छन् । उषा र उमेशले जिल्ला प्रहरी कार्यालयमा आफ्ना परिवार खोजिदिनको लागी निवेदन समेत दिएका छन् । उषा श्रीमान् फर्केर आउलान भन्ने आसामा छिन् । विराटनगर–८ अशोक चौकमा सानो घर बनाएर बस्दै आएकी उषालाई अहिले घर र माइती पक्षले समेत साथ नदिएको दुखेसो पोखिन् । गर्भवती उषाको घरमा पछिल्लो बाढीले क्षति समेत पु¥याएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्