रातको समयमा मापसे गर्दै प्रहरीको बर्दी च्यात्ने ४ जना युवा विराटनगरबाट पक्राउ

<span class='c1'>रातको समयमा मापसे गर्दै प्रहरीको बर्दी</span> <span class='c2'>च्यात्ने ४ जना युवा विराटनगरबाट पक्राउ</span>

विराटनगर । विराटनगर–४ नोबेल शिक्षण अस्पतालअगाडि रातको समयमा ड्युटीमा खटिएका नेपाल प्रहरीको युनिफर्म च्यातेको आरोपमा चार युवा पक्राउ गरेका छन् ।

पक्राउ परेका युवाले मदिरा सेवन गरि होहल्ला गर्दै आइतबार राती १ बजेर १५ मिनेटको समयमा प्रहरीलाई हातपात गर्दै बर्दी च्यातिदिएको आरोप छ । पक्राउ पर्नेमा विराटनगर–४ का ३२ वर्षीय सकिल देवान, सोही ठाउँका २४ वर्षीय सुसन बास्कोटा, २६ वर्षीय आमासु भन्ने स्टालीन भट्टराई र ३३ वर्षीय शंकर प्रधान रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बिहानी रातको समयमा नोबेल अगाडि मदिरा खाएर होहल्ला गर्दैछ भन्ने जानकारी आएपछि सिआरभीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुगेर सम्झाइ बुझाइ गरिरहेको अवस्थामा मदिरा सेवन गरेको चार युवाले गाली गलौज गरि प्रहरीमाथि हातपार्दै गर्दै बर्दी च्यादिनुको साथै हतकडी र चाँबीसमेत फालिदिएको पक्राउ परेका युवाहरुमाथि प्रहरीको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्