बाढीमा ज्यान गुमाएका परिवारलाई महानगरको ५० हजार आर्थिक सहयोग

<span class='c1'>बाढीमा ज्यान गुमाएका परिवारलाई </span> <span class='c2'>महानगरको ५० हजार आर्थिक सहयोग</span>

विराटनगर । बाढीले बगाएर मृत्यु भएकाविराटनगर–१ का २१ वर्षीय सञ्जित कामतकाआफन्तलाई काजकिरियाखर्चका लागिविराटनगर महानगरपालिकालेआइतबार ५० हजारको चेक प्रदान गरेको छ ।

महानगरपालिका अन्तर्गतको विपद समितिको बैठकबाट विराटनगरमा कात्तिक २ र ३ गते परेको अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएका विराटनगर–१ का कामत, विराटनगर–५ का ४१ वर्षीय सञ्जय राई र विराटनगर–१२ का इसान भुजेलका आफन्तलाई किरिया खर्चका लागि जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो ।कात्तिक ३ गते डुबानमा परेको घरभित्रबाट सामान निकाल्ने क्रममा सिंघिया खोलाको बाढीले कामतलाई बगाएको थियो ।

३ दिनपछि उनको शव परोपकारघाट छेउमा फेला परेको थियो । विराटनगर महानगरपालिकाका ेतर्फबाट आइतबार मेयर भीम पराजुलीले विराटनगर–१ स्थित धर्मशाला चौकमा बाढीले बगाएर निधनभएको कामतको घरैमा पुगेर उनका बुवा बैजनाथ कामतलाई किरिया खर्चका लागि ५० हजारको चेक प्रदान गरे । मेयर पराजुलीले जीवनको अगाडि पैसाको मूल्य नभए पनि मजदूरी गरेर खाने कामतका परिवारलाई काजकिरियाका लागि प्रदान गरिएको रकमले केहि मद्दत मिल्ने बताए ।
उनले हरेकवर्ष सिंघियामा बाढी आउने गरेको र यसले दुःखदिने गरेको भन्दै महानगरपालिकाले बाढी र डुबान विरूद्धको व्यवस्थापनको कार्यलाई जारी राखेको बताए ।

मेयर पराजुलीले विराटनगर महानगरपालिका जहिले पनि विराटनगरवासीको सुख दुःखमा साथै रहने गरेको बताए । वडा नंं १ का वडाध्यक्ष उद्धव अर्यालले जनप्रतिनिधि आपतको बेलादुखी पीडितको घरमा पुग्नु पर्ने बताए । बाढीका कारण मृत्युवरण गरेका राई र भुजेलकाआफन्तलाई सोमबार ५० हजारको काजकिरिया खर्च वापतको चेक प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्