प्रेम देवान
विराटनगर । प्रदेश नं. १ राजधानी विराटनगरमा पछिल्लो समय नयाँ नयाँ सपिङ मलसंगै ठूला होटल तथा रेष्टुरेष्टबार खुल्नेक्रम जारी छ ।
यसैक्रममा विराटनगरमा डान्स नाईट क्लव संचालनमा आएको छ ।
विराटनगरका युवा जसन्वत सिंहले २ करोड बढीको लगानीमा नाईट क्लव संचालनमा ल्याएका हुन् । विराटनगर मेन रोड स्थित सेन्ट्रल मलको तेस्रो तल्लमा ‘ईलुजन’ नाम दिएर नाईट क्लव संचालनमा ल्याएका हुन् ।
क्लव भित्र नया प्रविधीका अत्याधुनिक साउण्ड सिष्टम प्रयोग गरी विराटनगर मै पहिलो पटक एलईडी स्कृन राखेर क्लव भित्रको लुक्स आर्कषित बनाइएको ईलुजन नाईट क्लवका संचालक जसवन्त सिंहले बताउनुभयो । क्लवमा अधिक मात्रामा ठुला साउण्ड बज्ने भएका कारण १८ बर्ष भन्दा तलका बालबालिकाहरुको लागी प्रवेश निषेध गरिएको सिहले जानकारी दिनुभयो । क्लवको लागी आवश्यक पर्ने साउण्ड सिस्टम अमेरिकाबाट मगाइएको जेवियल कम्पनीको ४३ लाख बराबर लाईट खरिद गरिएको संचालक सिहले जानकारी दिनुभयो ।
कुनै बेला आफु पनि मनोरन्जन क्षेत्रको पारखी भएका कारण कुनै पनि कार्यक्रम गर्नुपर्यो भने काठमान्डौ सम्म जानुपर्ने वाध्ययता थियो । त्यसैले अहिले विराटनगर प्रदेश नम्बर एकको राजधानी पनि भएका कारण अबका पिडीहरुले यही आफ्नो ठाँउमा मनोरन्जन गर्न पाउन् भनेर सुरुवात गरेका छौँ,यसका लागी प्रहरी प्रशासनबाट पनि ठूलो सहयोगको अपेक्षा गरेका छौं सिहले भन्नुभयो ।’
नाईट क्लवमा दैनिक स्थानिय र राष्ट्रिय ख्याती प्राप्त गायकहरुको उपस्थितीमा लाईभ म्युजिकको हुने संचालक सिंहले बताउनुभयो । साथै आगामी दिनमा अन्र्तराष्ट्रिय गायकहरुको पनि सहभागिता गराउन लागिएको उहाँले बताउनभयो । क्लव भित्र २५ टन बराबरको फुल एसीजडित आगलागीबाट जोगाउन फायर आलमको समेत व्यावस्था गरिएको छ। साथै क्लवमा ८ जना वाउन्सरको साथमा २४ जनालाई रोजगारी प्रदान गरेको छ ।
तस्वीर : ईलुजन