विराटनगर । विराटनगर–१२ स्थित गणेश मन्दिर छेउ घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा एकजनाको मृत्यु भएको छ ।
स्थानीय मनोजकुमार गुप्ताको ३ तले घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा ३५ बर्षीय (अन्दाजी) कालीचरण कामतको मृत्यु भएको होे । उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्यापछि डाक्टर उनलाई मृत घोषित गरेका थिए ।
प्रहरीले भने घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।