कारप्रो र अटोब्याक्सको सेवा अब विराटनगरमा

<span class='c1'>कारप्रो र अटोब्याक्सको</span> <span class='c2'>सेवा अब विराटनगरमा</span>

विराटनगर । ६ वर्षदेखि इटहरीमा सेवा दिईरहेको कारप्रो र अटोब्याक्स नेपालको सेवा अब विराटनगरमा पनि पाईने भएको छ ।

आसपासका अन्य क्षेत्रहरुलाई समेत लक्षित गरि मंगलबारदेखि विराटनगर–३ स्थित पिपल चौकमा कारप्रो र अटोब्याक्सको दोश्रो शाखा सञ्चालनमा ल्याईएको छ । शाखा मार्फत ग्राहकहरुले विराटनगरमै पहिलोपटक कारप्रोको सेरामिक कोटिङ सेवा लिन पाउनेछन् । कारप्रोले २ चक्के र ४ चक्के गरि दुवैप्रकारका सवारीसाधनका लागि सेरामिक कोटिङ सेवा ल्याएको छ । सेरामिक कोटिङले गाडीमा खरोंच नलाग्ने, चमक आउने, १५ मिनेटभन्दा कम समयमा गाडी धुन सकिने र अन्य विभिन्न प्रकारका रसायनहरुलाई रोक्ने काम गर्छ । यसले सवारीसाधनको आयु बढाउन समेत बिशेष मद्दत पुर्‍याउने गरेको विराटनगर ब्रान्च सञ्चालिक आश्मा कोईरालाले बताईन् ।

यस्तै कारको सिट कभर, फ्लोरिङ, कार पफ्र्युम, कुशन र अलोय व्हील लगायतका अन्य सम्पुर्ण सामाग्री खरिदका लागि कारप्रोसँगै अटोब्याक्स पनि सञ्चालनमा ल्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्