किराँत याक्खा छुम्मा महानगरको शुभकामना आदान प्रदान, लुङ्गालाई सम्मान

<span class='c1'>किराँत याक्खा छुम्मा महानगरको शुभकामना</span> <span class='c2'>आदान प्रदान, लुङ्गालाई सम्मान</span>

विराटनगर । विराटनगर महानगरपालिकाभित्र छरिएर बसोबास गर्दै आएका याक्खा समुदायले दिपावली, छठ तथा उद्यौली पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै देउसीभैलो कार्यक्रम गरेको छ ।

किराँत याक्खा छुम्मा महानगर कमिटि विराटनगरले आयोजना गरेको शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रममा विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा किराँत याक्खा छुम्मा महानगर कमिटिका सचिव प्रेम देवान (लुङ्गा) लाई सम्मान समेत गरेको छ । केही समय अगाडी नेपाल पत्रकार महासघ प्रदेश १ को प्रदेश परिषद सदस्यमा निर्वाचित हुनुका साथै किरात याक्खा छुम्माका गतिविधीलाई सञ्चार माध्यमबाट प्रचार प्रसार गर्नमा ठूलो सहयोगको भुमिका निर्वाह गरेको भन्दै लुङ्गालाई सम्मान गरेको हो । लुङ्गालाई किराँत याक्खा छुम्माका केन्द्रिय कोषाध्यक्ष तथा महानगर कमिटिका वरिष्ठ सल्लाकार भुपेन्द्र देवान र महानगर अध्यक्ष विनादेवी जिमीले खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । यता याक्खा समुदायले देउसी भैलो कार्यक्रम समेत खेलेको थियो ।

देउसीभैलो कार्यक्रमबाट संकलित रकम विभिन्न सामाजिक कार्य तथा सस्थाको महत्वपुर्ण काममा प्रयोग गरिने किरात याक्खा छुम्मा महानगर कोषाध्यक्ष सर्मिला देवानले जानकारी दिनुभयो । शुभकामना आदान प्रदान कार्यक्रमलाई किरात याक्खा छुम्मा केन्द्रिय कोषाध्यक्ष भुपेन्द्र देवान, सदस्य विमला लिम्वुखिम महानगर सल्लाकार मनोहर देवान , महानगर अध्यक्ष विनादेखी जिमी लगायतले आफ्ना मत्यव्यम राखेका थिए । उनीहरुले विराटनगरमा रहेका सम्पुर्ण याक्खा जाती अब एक जुट भएर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए ।

हाल विराटनगरमा २ सय बढीको संख्यामा याक्खा जातीहरु बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्