विराटनगर । भाईटिकाको राती विराटनगरमा मदिरा सेवन गरि दुई समुह बिच झडप भएको छ ।
झडपमा विराटनगर १ जिल्ला प्रहरी कार्यालयको छेउमा रहेको देविका मास्केको घरमा तोडफोड भएको हो ।
रातको करिब १० बजे भएको तोडफोडबाट घरको पर्खाल, झ्याल ढोका तथा फर्निचरहरु लगायतका सामानमा क्षति पुगेको छन् । ६-७ जना बिचको सामान्य झगडाले ठुलो रुप लिएपछि उक्त घटना भएको मोरगं प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताएका छन् । सामान्य झगडामा संलग्नलाई घरमा लुकाएको आशंकामा मास्केको घरमा सयौं मानिसहरु आएर तोडफोड गरेको स्थानीयले बताएका छन् । घटनाबाट सामान्य घाईते स्थानीय विरेन कामत प्रहरी नियन्त्रणमा छन् ।
प्रहरीले भने घटनामा संलग्न दुई जनालाई पक्राउ गरि प्रारम्भिक चरणको अनुसन्धान थालेको छ।
विस्तृत रिपोर्ट केहि समयमा आउने छ ।