विराटनगर कारागारमा झडप, जोखिम बढेपछि प्रहरीको बाक्लो उपस्थिति

<span class='c1'>विराटनगर कारागारमा झडप, जोखिम</span> <span class='c2'>बढेपछि प्रहरीको बाक्लो उपस्थिति</span>

विराटनगर । चौकीदार किरण गुरूङले कैदीबन्दीमाथि यातना दिएको भन्दै विराटनगर (मोरङ) कारागार भित्र झडप भएको छ । मंगबलार १० बजे कारागार भित्र कैदीबन्दीहरूबीच दोहोरो झडप भएपछि परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

झडपका क्रममा चौकीदार गुरूङ सहित ६ जना घाइते भएका छन् । घाइते अन्य शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सुर्यदिप गुप्ता छन् । ज्यान मार्ने उद्योगका कैदी कार्तिक कामतको समूहले चौकीदार गुरुङ प्रशासन विरुद्ध विद्रोह गरेपछि झडप भएको थियो । झडपमा घाइते हुने कैदीबन्दीहरूलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल लगिएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको भन्दै कैदीबन्दीहरू आन्दोलित भएका थिए । चौकीदार गुरूङको दमन बढेको भन्दै आवाज उठेपछि हानाहानसम्म भएको हो । कारागारका निमित्त प्रमुख पोखरेलका अनुसार अहिले १४ जनालाई कारागारबाट बाहिर निकालिएको छ । उनीहरुलाई अन्त पठाईने भएको छ ।

चौकीदार गुरूङसहित नाइके र भाइ नाइकेहरू पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, शेखर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सुर्यदिप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई छुट्टै कोठामा राखिएको छ ।
यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि कैदीबन्दी दिनभरी आन्दोलनमा उत्रिएका थिए । गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि यहाँका कैदीहरूले दिनभरी आन्दोलनमा उत्रिएका थिए । त्यसबेला चौकीदार गुरूङको नेतृत्वमा यहाँका कैदीबन्दी आन्दोलित बनेका थिए । दिनभरी कैदीबन्दी आन्दोलित भएपछि गिरीलाई सप्तरी कारागारा पठाएको छ । अहिले कार्तिक कामतलाई गिरीले चलाएको दावी समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्