विराटनगरका मेयर पराजुलीको १८ औं दण्डप्रणाम यात्रा

<span class='c1'>विराटनगरका मेयर पराजुलीको १८</span> <span class='c2'>औं दण्डप्रणाम यात्रा</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८औं पटकको दण्डप्रणायाम यात्रा गर्नु भएको छ । मेयर पराजुले विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायान मन्दिरदेखि विराटनगर–१ सिंघीया खोला परोपकार घाटसम्मको साढे ३ किलोमिटरको दुरीमा घिस्रिएर दण्ड प्रणायाम यात्रा सुरु गर्नु भएको हो ।

कोभिड १९ को महामारीका कारण गतबर्ष भने रोकिएको दण्ड प्रणायाम यात्रा यसवर्ष पुनः गरिएको छ । विधिपुर्वक खर्ना सकेर मेयर पराजुलीले निराहार छठ माताको ब्रत बस्नु भएको हो ।

तराईमा विशेष मनोकांक्षा पूरा गराउनका लागि यस्तो व्रत बसिन्छ । आम नागरिकले यस्तो व्रत बस्ने गरे जस्तै पराजुलीले समेत छठलाई विशेष महत्व दिने गर्नु भएको हो । मेयर हुनु अगाडीदेखि नै यस्तो व्रत बस्दै आउनु भएका पराजुलीले हरेक वर्ष कुनै न कुनै मनोकांक्षा राखेको बताउने गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्