विराटनगरको न्यूरो अस्पतालमा मधुमेह दिवसमा निःशुल्क उपचार

<span class='c1'>विराटनगरको न्यूरो अस्पतालमा मधुमेह</span> <span class='c2'>दिवसमा निःशुल्क उपचार</span>

विराटनगर। विश्व मधुमेह दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो अस्पतालमा सचेतना मूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच गरेको छ । अस्पताल परिसरमा आइतबार विभिन्न सचेतना मुलक कार्यक्रमको साथै निःशुल्क मधुमेह जाँच तथा उपचार गरेको हो ।


अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागर राज पाण्डेले मधुमेह हुन नदिन र भइहाले पनि कसरी रोकथाम र नियन्त्रण गर्न सकिने त्यसबारेमा विरामीहरूलाई स्वास्थ्य सचेतना दिएका थिए । सोही अवसरमा विरामीहरुको निःशुल्क मधुमेह जाँच गरिएको थियो । निःशुल्क मधुमेह जाँचमा १ सय जना विरामीको उपचार गरेको अस्पतालले जनाएको छ । विरामीको उपचार अस्पतलाका वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरूङले गरेका थिए । स्वास्थ्य जाँच गरिएको विरामीहरुलाई अस्पतालले निःशुल्क औषधी पनि वितरण गरेको अस्पताले जनाएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर अस्पतालमा आएका विरामीहरुलाई अन्य जाँचमा ५० प्रतिशत छुट दिएको छ ।
न्यूरो अस्पतालले यसअघि पनि विभिन्न अवसर पारेर जाँच तथा उपचारहरु निःशुल्क तथा छुटसहित प्रदान गर्दै आएको छ । आउँदा दिनहरुमा यस्ता कार्यक्रममलाई निरन्तार दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्