प्रेस सेन्टर मोरङको चौथो सम्मेलन विराटनगरमा सम्पन्न, तीन समिति निर्वाचित

<span class='c1'>प्रेस सेन्टर मोरङको चौथो सम्मेलन</span> <span class='c2'>विराटनगरमा सम्पन्न, तीन समिति निर्वाचित</span>

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको चौथो जिल्ला सम्मेलनबाट तीनवटा समिति निर्वाचित भएको छ ।

बुधबार विराटनगरमा आयोजित सम्मेलनबाट जिल्ला समन्वय समिती, विराटनगर महानगर कमिटी र पुर्वी मोरङ शाखा निर्वाचित भएको हो । प्रेस सेन्टरले जिल्ला समन्वय समितिमा अर्जुन आचार्यको अध्यक्षतामा १७ सदस्यीय समिति निर्माण गरेको छ । यस्तै विराटनगर महानगर समितिमा श्रीमन्त भट्टराई र पुर्वी मोरङ शाखामा सरोज बस्नेतको अध्यक्षतामा १३/१३ सदस्यीय समिति निर्माण गरिएको छ ।

जिल्ला समन्वय समितिको खुल्ला उपाध्यक्षमा नविन कर्ण, समावेशी महिला उपाध्यक्षमा बविता साम्पाङ, सचिवमा हरि अधिकारी, सह-सचिवमा ज्योति शर्मा, राजेश राजवंशी र कोषाध्यक्षमा बाबुराम मुडियारी रहेका छन् । सदस्यहरुमा पवनकुमार शाह, शिवहाङ राई, मौसम लिम्बू, सुरज ढुंगाना, आशिका लम्साल, ऋषि राई, भगतराम चौधरी, सुमन कुरुम्बाङ, रामकुमारी राई र पुजन दास रहेका छन् ।

यस्तै विराटनगर महानगर समितिको उपाध्यक्षमा अनिल श्रेष्ठ, सचिवमा प्रेम देवान, सह-सचिवमा राकेश कर्ण र कोषाध्यक्षमा सुजता लिम्बू चयन भएकी छन् । सदस्यहरुमा प्रियंका यादव, जय कामत, विनोद मेहता, बबिता लिम्बू, सुशील साह, निरज चौधरी, सुरन्जन लिम्बु, राजकुमार मण्डल र पूजा लम्साल रहेका छन् ।

यस्तै पूर्वी शाखा समितिका उपाध्यक्षमा डम्बर सेन्चुरी, सचिवमा सन्दिप राई र कोषाध्यक्षमा एलिना दियाली रहेकी छन् । सदस्यहरुमा गोपाल नेपाली, सृजना धिमाल, संगीता चाम्लिङ, क्रान्ति लिम्बू, सुमन सुब्बा, सम्झना राई, अनिल विक्रम चौहान, महेश भट्टराई र संगीता चाम्लिङ छन् ।

सम्मेलनबाट केन्द्रीय सम्मेलनका लागि ४ जना प्रतिनिधि छनौट गरिएको छ । जसमा किशन शाही, बिनु तिम्सिना, सत्यनारायण शर्मा र बबिता साम्पाङ राई छन् । यस्तै प्रदेश प्रतिनिधिमा अनिल श्रेष्ठ, प्रेम देवान, सन्दिप राई, सुजाता लिम्बू, एलिना दियाली र राकेश कर्ण चयन भएका छन् ।

सम्मेलनमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइराला, प्रेस युनियन मोरङका उपाध्यक्ष कौशल निरौला र संघीय प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपस्थित माओवादी नेताहरुले समेत प्रेस सेन्टरको आगामि भूमिको विषयमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनमा भने पूर्व मन्त्री तथा राष्ट्रियसभा सदस्य गोपी आछामी, प्रदेश सांसद तथा माओवादी केन्द्र मोरङका सह–इन्चार्ज कूलप्रसाद साम्बा, माओवादी मोरङका संयोजक गणेश उप्रेती (सुशिल), विराटनगरका सह-इन्चार्ज हेम कार्की विशाल, संयोजक भोगेन्द्र यादव, प्रेस सेन्टरका केन्द्रीय कार्यालय सदस्य तथा पत्रकार महासंघ १ नम्बर प्रदेशका महासचिव विवेक गौतम, संगठनको १ नम्बर प्रदेश इन्चार्ज राजन केडी, प्रदेश संयोजक श्रीशीसा राई, केन्द्रीय सदस्यहरू भक्तशेर लिम्बू, गणेश लम्साल, नवराज कट्टेल, सुरेश कार्की, सुजन तिम्सिना, प्रदेश सदस्यहरु विनोद घिमिरे र किशन शाही लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्