विराटनगर प्रवेशद्वारको डिजाइन परिमार्जन गरिने, मौलिकता समेट्न दवाव

<span class='c1'>विराटनगर प्रवेशद्वारको डिजाइन परिमार्जन</span> <span class='c2'>गरिने, मौलिकता समेट्न दवाव</span>

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण गर्ने भनिएको प्रवेशद्वारको डिजाइन परिमार्जन गरिएको छ । आधुनिक प्रवेशद्वार निर्माणको नाममा मौलिकता मास्न खोजेको भन्दै आलोचना भएपछि डिजाइन परिमार्जन गर्न लागिएको हो ।

महानगरपालिकाले निर्माण प्रस्ताव गरेको प्रवेशद्वारको स्थानीयस्तरमा समेत आलोचना भएको थियो । नीतिगत रुपमा समेत राष्ट्रिय राजमार्ग भित्र निर्माण गरिने स्वागतद्वार तथा स्तम्भ (स्ट्याचु) मापदण्ड विपरितको डिजाइन भएको भन्दै सडक विभागले स्वीकृत नदिने तयारी गरिरहेको थियो ।

विराटनगर महानगरपालिका इन्जिनियर गोपाल पोखरेलले सुरुको डिजाइन ‘रिभाइज’ गर्ने काम भईरहेको जानकारी दिनुभयो । हार्मोनिक इन्जिनियरिङ्ग कन्सल्टेन्टले डिजाइन गरेको उक्त गेट आधुनिकताको नाममा मौलिकताबिहीन मानिएको थियो ।
कोशी राजमार्ग अन्तर्गत रानी–धरान छ लेन सडक आयोजनाले महानगरपालिकाको प्रवेशद्वार सार्नुपर्ने माग गर्दै आएको छ । सडक सीमा भित्र रहेको गेटलाई त्यहि स्थानमा सारेर बनाउने तयारी गरिएको छ । ‘फ्लाई ओभर’ अवधारणासहितको डिजाइनलाई हटाएर विराटनगरको मौलिकता झल्कने गेट बनाइने भएको छ ।

छलेन सडक आयोजना इटहरीका प्रमुख बद्री शर्माले राजमार्गमा जथाभावी बनाईने प्रवेशद्वार, स्तम्भ मापदण्ड विपरित रहेको बताउनुभयो । उहाँले विराटनगरको रोडशेष र महेन्द्रचौकमा रहेको स्तम्भको पेरिफेरी समेत घटाउनु पर्ने बताउनुभयो । त्रिदेशीय (भारत–नेपाल–चीन) लाइफलाइन मानिएको रानी–धरान सडकलाई उत्तर–दक्षिण व्यापारिक मार्गको रुपमा परिभाषित गरिएको छ । विराटनगर–किमाथाङ्का (संखुवासभा) जोड्ने सडक निर्माणको प्रारम्भको रुपमा रानी–धरान विस्तार आयोजना मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्