विराटनगर बजार क्षेत्रमा छैन बस पकेट क्षेत्र, यात्रु चढाउन सडकमै रोक्छन् बस

<span class='c1'>विराटनगर बजार क्षेत्रमा छैन बस पकेट</span> <span class='c2'>क्षेत्र, यात्रु चढाउन सडकमै रोक्छन् बस</span>

विराटनगर । प्रदेश १ को एक मात्र महानगरपालिका तथा प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा बस पकेट क्षेत्र नहुँदा सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । विराटनगर बसपार्कबाट छुट्ने यात्रु बहाक बस रोकेर यात्रु चढाउने स्थान नहुँदा छ लेनमा विस्तार भएको सडक समेत साँघुरो भएको हो ।

छ लेन सडक आयोजनाले विस्तार गरेको सडक विराटनगर बजार क्षेत्रमा अस्तव्यस्त र अव्यवस्थित छ । यात्रु चढाउन रोक्ने बस पकेट क्षेत्र नबनाउँदा सडक विस्तार भएपनि विराटनगर भित्र सवारी आवागमन अस्तव्यस्त हुने गरेको छ । बस रोकेर यात्रु चढाउने स्थानहरु महेन्द्र चौक, घाँस चौक, शनिमन्दिर, बिजुली अफिस, बरगाछी, पिपलचौक, एयरपोर्ट मोड र कन्चनबारीमा बस रोकेर यात्रु चढाउने पकेट क्षेत्र बनाउनु पर्ने सरोकारवाल पक्षले सुझाव दिएका छन् ।

छ लेन सडकको केन्द्रभागमा डिभाइडर राखेर पूर्व–पश्चिम ३–३ लेनमा विभाजित गरिएको छ । तीनलेनको सडक प्रयोग गर्न नजान्दा बढ्दो सवारी चाप व्यवस्थापनमा समस्या भएको हो । यसको मुख्य कारण यात्रु चढाउन जथाभावी बस रोकेर जाम बढाउनु समेत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको बुझाई छ । बस रोकेर यात्रु चढाउने पकेट क्षेत्र बजारका विभिन्न स्थानमा बनाउन सके मात्रै ट्राफिक जाम कम हुने बताइन्छ ।

कोशी राजमार्गको रोडशेषदेखि कन्चनबारीसम्म सडक दाँया–बाँया व्यापार गर्नेहरुले समेत सडक सीमा मिचेर विभिन्न व्यवसायीक काम गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार आयोजित सरोकारवाला पक्षको बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र खड्काले सबैभन्दा बढी मोटरसाइकल ग्यारेज सञ्चालन गर्नेहरुले सडक क्षेत्र अतिक्रमण गरेको बताउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आयोजना गर्नु भएको बैठकमा मापदण्ड विपरित दाँया–बायाँ खोलिएका ग्यारेजलाई हटाउनु पर्ने माग गरिएको थियो । छ लेन सडक आयोजना इटहरीका प्रमुख बद्री शर्माले सडक डिजाइन गर्दा स्थानीय तहहरुले ख्याल नगरेका कारण समस्या भएको बताउनुभयो । अहिले स्थानीय तहले महानगरपालिका क्षेत्रमा पर्ने राजमार्गको दुवैतर्फ जग्गा व्यवस्थापन गरेर यात्रु चढाउने बस पकेट बनाउन सक्ने शर्माको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्