विराटनगर । विराटनगरको मुटु वडा न. ९ स्थित पुरानो गुद्री बजारमा तरकारी व्यापारीहरुले प्रयोजन गर्दै आएका टहराहरु भत्काउन सुरु गरिएको छ । विराटनगर महानगरपालीले २ बर्ष अघिदेखी नै सो ठाँउ खाली गर्न पटक पटक सुचना समेत जारी गरेको थियो ।
पुन यस पटक पनि कातिक अन्तिम सम्म त्यहा रहेका घर ,टहरा, सटर हटाई सक्नुपर्ने पुन सुचना जारी गरी गरेको थियो । यद्यपी त्यहाँ रहेका व्यापारीहरु आफै जाने कुनै पनि चासो नदेखाएपछि महानगर आफैले मजदुर लगाएर त्यहाको टहरा भत्काउन सुरु गरेको छ ।
यता महानगरपालीकाले भने जबरजस्ती आफुहरुलाई हटाएपछि स्थानिय व्यापारीहरु विरोधमा उत्रिएका थिए । लामो समयदेखी आफुहरु व्यापार व्यावसाय गर्दै आएकोले अब आफुहरु कहाँ जाने भनेर महानगरप्रति आक्रोस समेत पोख्दै आएका छन् ।
महानगरपालीकाबाट पटक पटक पुरानो गुद्री खाली गर्न ताकेता गर्दै आएको थियो । तर गत मंगलबारदेखी भने महानगरले आफै नगर रक्षक लगाएर भएपनि खाली गराउन सुरु गरेको छ । २०७६ चैत्रमा गुद्री बजार व्यावस्थापन समिती तरकारी एवं फलफुलका केन्द्रिय उपाध्यक्ष पशुपती भगतको नेतृत्वमा अधिकासले पुरानो गुद्रीबाट विराटनगर ११ बसपार्क पछाडी खाली जग्गामा व्यावसाय स्थानान्तरण गरेका थिए ।
तर एक दर्जन जति थोक व्यावसायी पुरानो गुद्री खाली गराउने प्रायोजन स्पष्ट नहुन्जेल जग्गा नछाड्ने अडानमा थिए ।
तर कातिक १५ गते विराटनगर महानगरपालीकाले प्रदेश सरकार, प्रदेश न.१ को प्रदेश लगानी प्राधिकरण र महानगरपालीका बिच पुरानो गुद्री रहेको स्थान ई प्लट मा सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको व्यापारीक भवन बनाउन समझदारी भएको भयो ।
महानगरपालीकाको स्वामित्वमा रहेको पुरानो गुद्री बजारको सम्पुर्ण जग्गा बढीमा १४ कठ्ठा ५ धुर र कम्तीमा १० कठ्ठा ३ धुर छ । जसमा नेपाल कै अग्लो २५ तल्ले व्यापारिक कम्प्लेक्सको निर्माण हुदैछ ।
परियोजना सुरु गर्न महानगरपालीकाको स्वामित्वमा भएको जग्गामा बसोबास गर्ने सर्वसाधरण एव तिनीहरुको सटर, पसल ,कवल हटाउनुपर्ने सर्त थियो । ३ महिनाभित्र महानगरले परियोजना निर्माणस्थल खाली गराई प्रदेश लगानी बोर्डलाई उपलब्ध गराउनु पर्ने सहमतीपत्रमा उल्लेख गरिएको थियो । लगानी बोर्डले जग्गा उपलब्ध भएको ३ महिनाभित्र डिपिआर तयार गरी शिलान्यास गर्ने बताइएको छ ।