महिला टी–२० विश्वकप छनोट : नेपाल हङकङसँग पराजित

महिला टी–२० विश्वकप छनोट : नेपाल हङकङसँग पराजित

काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको छ । दुबईको आइसिसी क्रिकेट एकेडेमीमा सोमबार भएको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको एक सय पाँच रनको विजयी लक्ष्य हङकङले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाउनुभयो । क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोड्नुभयो । बलिङमा नेपालका कविता कुवर, सिता रानामगर र सबनम राईले समान एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय चार रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाउनुभयो । इन्दु वर्माले ३१ जोड्नुभयो । बलिङमा हङकङका क्यारी चन र बेट्टी चनले एक एक विकेट लिनु भएकोथियो । नेपालले दोस्रो खेल मंगलबार भुटानसँग खेल्नेछ ।

छनोटमा नेपाल र हङकङसहित यूएई, मलेसिया, भुटान र कुवेत सहभागी छन् । नेपालले तेस्रो खेल मङ्सिर ९ गते कुवेत, मङ्सिर १० गते मलेसिया र मङ्सिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ । ६ टोली सहभागी छनोट खेलको विजेता टोलीले सन् २०२३ मा आयोजना हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । नेपाली महिला टोलीले पहिलो पटक विश्वकप छनोट खेल्न लागेको हो

आइसिसी महिला टी–२० विश्वकप एसियाली छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको प्रारम्भिक चरण हो । विश्वकपमा स्थान बनाउन नेपालले दुई चरण छनोट खेल्नु पर्नेहुन्छ । यदि एसियाली छनोटमा च्याम्पियन बनेमा नेपालले ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटमा नेपालसहित विभिन्न क्षेत्रबाट आएका पाँच टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्