ओबी अपडेट : नेपालमाथि पेस्तोल देखाएर कुटपिट गरेको खुलासा, पैसामा घटना गुपचुप पार्ने प्रयास

<span class='c1'>ओबी अपडेट : नेपालमाथि पेस्तोल देखाएर कुटपिट</span> <span class='c2'>गरेको खुलासा, पैसामा घटना गुपचुप पार्ने प्रयास</span>

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि पेस्तोल देखाएर निर्घात कुटपिट भएको खुलेको छ ।

आरती स्ट्रीप्सका भाईस प्रेसिडेन्ट विशाल गुप्ताले पेस्तोल देखाएर सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित २ सय भारतीय मजदुरले उनीमाथि कुटपिट गरेको खुलेको हो । कुटपिटबाट घाईते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ । उनको टाउको, छाती र ढाँड लगायत शरिरको विभिन्न भागमा गम्भीर चोटपटक लागेको छ । सिंघलले यसअघि पनि ईन्द्रजीत गर्ग, संजीव शर्मा र नागेन्द्र सिंहलाइ कुटपिट गरेर हटाईसकेका छन् ।

प्रहरीले हाल घटनामा संलग्न सञ्जय सिंघललाई पक्राउ गरि अनुसन्धान थालेको छ । सिंघलले भने प्रहरीलाई नै पैसा खुवाएर घटना गुपचुप पार्ने प्रयास गरिरहेको श्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्