पन्ध्रवर्षसम्म अवसर नपाएपछि विराटनगर–१ का चन्दन मण्डलले छोडे काँग्रेस

<span class='c1'>पन्ध्रवर्षसम्म अवसर नपाएपछि विराटनगर–१ का</span> <span class='c2'>चन्दन मण्डलले छोडे काँग्रेस</span>

विराटनगर । पन्ध्रवर्षसम्म नेपाली काँग्रेसमा आवद्ध रहेका विराटनगर–१ का चन्दन मण्डल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । इमान्दारपूर्वक पार्टीमा आवद्ध भएर योगदान गरेपनि अवसरबाट बन्चित गराइएको भन्दै मण्डल नेतृत्वमा २०० जना स्थानीय युवा माओवादी प्रवेश गरेका हुन् ।

शनिबार आयोजित एक कार्यक्रममा संघीय निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले मण्डल नेतृत्वको टोलिलाई माओवादीमा प्रवेश गराउनु भएको हो । नेपाली काँग्रेस परित्याग गरेर माओवादी प्रवेश गरेका मण्डलले नेपाली काँग्रेसले नेतृत्वमा जान नदिने गरेको आरोप लगाउनुभयो ।

काँग्रेसमा ‘मनि’ (पैसा) वाला दाई र रुपवती दिदी बाहेक अन्यले अवसर पाउने अवस्था छैन, मण्डलले भने–कसैले पनि काँग्रेसमा राजनीतिक गरेर पैसा बिना नेतृत्वको दावी गर्नसक्दैन । मण्डलसहित काँग्रेस र एमालेसँग निकट रहेका युवाहरुले माओवादी पार्टीलाई रोजेको भन्दै सांसद मोदीले स्वागत तथा सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्