अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा ४ नयाँठिमीस्थित सडकबाट करिब २ केजी अवैध लागूऔषध पोल्याण्ड सहित धादिङ गल्छी नगरपालिका वडा ५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश ३-०२-०१४ प ७०१८ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महागनरपालिका वडा ११ फूलबारी बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका वडा १० खैरेनीटार स्थायी घर भएकी ३० वर्षीया श्रीमाया विक भण्डारी र पोखरा महानगरपालिका वडा १ सिमपानी बस्ने ३७ वर्षीय बिर बहादुर तामाङलाई नियन्त्रित लागूऔषध सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये भण्डारीलाई पोखरा महागनरपालिका वडा ११ फूलबारीबाट नियन्त्रित लागूऔषध ६२ एम्पुल डाईजापाम, ६२ एम्पुल फेनारगन र ६२ एम्पुल नुर्फिन तथा तामाङलाई पोखरा महानगरपालिका वडा १ सिमपानीबाट नियन्त्रित लागूऔषध १७ एम्पुल डाईजापाम, १७ एम्पुल फेनारगन र १७ एम्पुल नुर्फिन सहित जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीबाट भण्डारी उपर ५ दिन र तामाङ उपर ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्