सुनसरीमा नेकपा एसको भुमिगत शैलीमा राती राती संगठन निर्माण

<span class='c1'>सुनसरीमा नेकपा एसको भुमिगत शैलीमा</span> <span class='c2'>राती राती संगठन निर्माण</span>

इनरुवा । नेकपा एकिकृत समाजवादी सुनसरीले जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रका टोल वस्तीमा भुमिगत राजनितिको झल्को दिने गरि रातीको समयमा संगठन विस्तार अभियान चलाएको छ ।

नेकपा एसका केन्द्रिय सदस्य केशवकुमार विष्टका अनुसार शहर बजार क्षेत्रका स्थानियहरु दिनभर व्यापार व्यवसाय लगायतका रोजगारमुलक कार्यमा व्यस्त हुने भएकाले सवैजना एकसाथ भेला हुन समस्या भएपछि उहाँहरुको आग्रहमा रातीको समयमा संगठन विस्तार गर्न थालिएको हो । केन्द्रिय सदस्य विष्टले सुनसरीका १२ वटा पालिकाका १ सय २४ वडामध्ये धरान, इटहरी, दुहवीका शहर बजारमा रहेका वडाका अधिकाश स्थानियहरु रोजगारीमा प्रत्यक्ष रुपमा जोडिएका संगठन निमाणर् अभियान रातीको समयमा गर्दा ठुलो सख्याँमा मानिसहरु भेलाजम्मा हुने भएकाले भुमिगत शैलीको देखिएपनि सवैजना एकसाथ भेला हुदाँ राजनितिक छलफल राम्रोसँग हुने गरेको बताए ।

नेकपा एसका इटहरी उपमहानगरपालिकाका इन्चार्ज केवल फुयालले इटहरीका अधिकाश वडामा रहेका पार्टीका समर्थक शुभचिन्तकहरु दिनभर काममा व्यस्त भएपछि उहाँहरुले साझपरेपछि सवैजना भेला हुन समय मिलाउदै हामीलाई बोलाउन थाल्नु भएकाले पञ्चायतकालमा मालेकालिन संगठन निमाणर्को झल्कोदिने गरि पार्टीको कमिटीहरु गठन गर्न थालिएको बताए ।

इन्चार्ज फुयालले भने रातीको समयमा सवैजनाको बाहिर जान हतार नहुने भएपछि पार्टीको निती कार्यक्रम, रणनिती, आगामी योजनासगै कम्युनिष्ट आन्दोलनका बारेमा जानकारी दिदै भेलामा सहभागीहरुले दोहोरो प्रश्न उत्तर गर्दै आफना कुरा राख्न पाएको बताए ।
दुई दिनदेखि इटहरी १४ नं वडामा रातीको चिसो मौसम भएपनि न्यानो लुगा लगाएर आगो ताप्दै समयमा वडा तथा तहको कमिटी गठन कार्यमा नेतृत्व चुन्ने चुनिने प्रक्रिया समपन्न हुदै आएको बताए ।

नेकपा एसले इटहरी १४ नं वडामा सुर्यनारायण चौधरी अध्यक्ष रहेको ५१ सदस्य कमिटीमा उपाध्यक्ष पुष्पा चौधरी, सचिव पुजा चौधरी र उपसचिव कैला पासवान चयन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्