आमाको नाममा नागरिकता लिन संघर्ष गर्नेहरुको कथा (भिडियो)

मातृभूमि अर्थात् माताको भूमि, आमाको स्वामित्व रहेको भूमि भन्ने बुझिन्छ । नेपालमा आफ्नो देशलाई मातृभूमिको बिम्बमा सर्वाधिक प्रयोग गरिन्छ यद्धपी नागरिकता लिने कुरामा भनेँ आमाको पहिचानको आधारमा नागरिकता दिने कानुन कार्यान्वयन भएको विरलै पाइन्छ । 
नागरिकता नपाएको अवस्थामा एकल आमाले हुर्काएका या कारणवश बुवाको नागरिकता नभएका परिवारका सन्तानहरूले नेपालीजनकको आधार नागरिकता पाउन सकिरहेको अवस्था छैन । कतिपय होनहार विद्यार्थीहरूले विश्वस्तरिय छात्रवृत्तिमा छनौट भए पनि नागरिकता नभएकाले अवसर गुमाइरहेका छन्, जागिर देखि बैंक खाता , राहदानी र लाइसेन्स लिन  पनि नागरिकता नभएर उनीहरूलाई असहज भइरहेको हुन्छ । सरकारी पक्ष र कार्यान्वयन इकाईहरू यस प्रति पक्कै पनि संवेदनशील हुन जरुरी रहन्छ । 

आमाको नागरिकताको आधारमा नागरिकता पाउनका लागि कानुनी प्रावधानहरू के के छ त? 

आमाको नामबाट नागरिकता दिने व्यवस्थाको इतिहास
नेपाल नागरिकता ऐन, २००९ ले जसको आमा बाबु एक जना नेपालमा जन्मेको हो त्यस्तो व्यक्तिले नेपालको नागरिकता पाउने व्यवस्था गरेको थियो । नेपालको संविधान, २०१९ ले उक्त संविधान प्रारम्भ हुँदाको बखत जसको आमा बाबु एक जना नेपालमा जन्मेको हो त्यस्तो व्यक्तिले नेपालको नागरिकता पाउने व्यवस्था गरेको थियो ।  नेपालको अन्तरिम संविधान, २०६३ ले जसको बाबु वा आमा जन्म हुँदाको बखत नेपालको नागरिक हो त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता पाउने व्यवस्था गरेको थियो ।

आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था : 

 नेपालको संविधानको धारा १० ले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ । 
नेपालको संविधानको धारा ११९२० ले कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्ने व्यवस्था गरेको छ । 
नेपालको संविधानको धारा ११९३० ले जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु आमा दुवै नेपालको नागरिक रहेछन् भने वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ भन्ने व्यवस्था गरेको छ । 
नेपालको संविधानको धारा ११९५० ले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भन्ने व्यवस्था गरेको छ । 
नेपालको संविधानको धारा ११९७० ले विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मेको व्यक्तिको हकमा नेपालमा स्थायी बसोबास गरेको भएमा नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । 
 

यसै विषयमा केन्द्रित रहेर महिला कानुन तथा विकास मञ्च नामक गैरसरकारी संस्थाले वास्तविक जीवनका केसहरूका आधारमा एउटा वृत्तचित्र निर्माण गरेको छ । यसरी आमाको नागरिकताका आधारमा नागरिकता पाउन संघरर्षरतहरुको कथा हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्