नैतिक शिक्षा र पठन संस्कृति लोेपोन्मुख : मन्त्री यादव

नैतिक शिक्षा र पठन संस्कृति लोेपोन्मुख : मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताएका छन् ।

सुनसरीको इनरुवामा शनिबार राधा सुवेदीको मुक्तक ‘युग फेरिन देउ’ को विमोचन कार्यक्रमलाई सम्बोधन मन्त्री यादवको यस्तो भनाई आएको होे । उनले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृति हराउँदै गएको जिकिर गरे । विकास र समृद्धिका लागि साहित्यको विकास पनि आवश्यक रहेको बिषयमा उनले जोड दिए । आधुनिकताका नाममा विद्यार्थीहरुले मौलिक संस्कार बिर्सदै गएको बिषयमा मन्त्री यादवले चिन्ता व्यक्त गरे । उनले सामाजिक सञ्जालका कारण पठन संस्कृति हराउँदै गएको भन्दै सुधार गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, भरत गुराँगाईं र जिवनाथ पोखरेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्