ई–सेवाको ५ महिने ‘एजेन्ट क्याम्पेन’ सम्बन्धि कार्यक्रम सम्पन्न

<span class='c1'>ई–सेवाको ५ महिने ‘एजेन्ट</span> <span class='c2'>क्याम्पेन’ सम्बन्धि कार्यक्रम सम्पन्न</span>

विराटनगर । ई–सेवा फोन पे प्रा.लि.ले ई–सेवा एजेन्ट परिचय तथा ५ महिने ‘एजेन्ट क्याम्पेन’ सम्बन्धि १ दिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।

ई–सेवा शुक्रबार झापाको दमकमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । ई–सेवाले एजेन्टहरुका लागि क्यास ब्याक तथा उपहारहरु प्रदान गर्ने लक्ष्य सहित क्याम्पेन सुरु गरिएकोे ई–सेवाका विराटनगर शाखा प्रमुख मनोज गौतमले बताए । उनले क्याम्पेनबाट अधिकांश एजेन्ट लाभान्वित हुने जानकारी दिए ।

५ महिने क्याम्पेन ई–सेवा मार्फत नै सञ्चालन हुने आयोजकले जनाएको छ । ई–सेवामार्फत बिल भुक्तानी, मोबाइल रिचार्ज, एयरलाइन्स र बस टिकट बुकिङ, चलचित्र टिकट, बैंक स्थानान्तरण, स्क्यान र भुक्तानी लगायतका डिजिटल भुक्तानी सेवा लिन सकिने जनाईएको छ । यसका साथै अन्तराष्ट्रिय हवाई टिकट र ई–सेवा मनि ट्रान्सफर लगायतका अन्य थुप्रै सेवा ई–सेवामा उपलब्ध रहेको जनाईएको छ ।
जसले एजेन्टहरुलाई आकर्षक क्यासब्याक सहित तुरुन्तै काम गर्न सकिने र समयको बचत हुने लगायतका फाईदा हुने ई–सेवाका विराटनगर शाखा प्रमुख गौतमको भनाई छ ।

शुक्रबार आयोजित कार्यक्रमलाई भने ई–सेवाका दमक नगरपालिका प्रतिनिधि सुरज ओझाले सहजीकरण गरेका थिए । कार्यक्रम समापन गर्दै यमन फोटो स्टुडियोका सञ्चालक सुमन गौतमले गतवर्ष आयोजित क्याम्पेनमा आफुले ल्यापटप जितेको बताउँदै अन्यलाई सहभागी हुुन आग्र्रह गरे । कार्यक्रममा भने प्रदेशका विभिन्न स्थानीय तहका एजेन्ट तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्