सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>सवारी दुर्घटनामा मोटरसाईकल</span> <span class='c2'>चालकको मृत्यु</span>

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा ५ सुन्दरपुर स्थितमा टिपर संग ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा १ बस्ने २५ बर्षिय गंगाराम चौधरी रहेका छन ।

बिहान ९ बजे चौदण्डीगढी वडा ५ भित्रि सडक खण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्वरको टिपरलाई स.१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको हो । सोही मोटरसाईकल पछाडि सवार निजको श्रीमती २४ बर्षिया संगिता चौधरी समेत घाईते भएकिमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ ।

उक्त टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका वडा ८ बस्ने सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्