नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

<span class='c1'>नेपालमा थप २४ जनामा</span> <span class='c2'>कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि</span>

विराटनगर । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२%) एस-जिन नेगेटिभ पत्ता लागेको छ । एस-जिन नेगेटिभ पत्ता लागेको २४ नमूनाहरुको जिन- सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको हो ।

मन्त्रालयले मंसिर २० गते नेपालमा पहिलो पटक ओमिक्रोन पुष्टि भएको जनाएकाे थियाे । मंसिर २० गते एक जना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते एक जनामा ओमिक्रोन पुष्टि भएको थियो । योसगैँ नेपालमा जम्मा २७ जनामा ओमिक्राेन भेरिएन्ट पुष्टि भएकाे छ ।


ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन समेत दिएको छ। “ओमिक्रोनले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यकपर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ”, मन्त्रालयका प्रवक्ता डा.सङ्गीता कौशल मिश्राद्वारा आज यहाँ जारी विज्ञप्ति भनिएको छ, “सीमानाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।”

मन्त्रालयले एस–जिन स्क्रिनिङ गर्न वीर, निजामती कर्मचारी, वीरेन्द्र सैनिक, त्रिवि शिक्षण र भेरी अस्पताल र प्रदेश नं २ प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको जनाएको छ । ओमिक्रोनका कारण अत्यधिक मात्रामा कोभिड–१९ को सङ्क्रमण बढ्ने सम्भावना रहेको जनाउँदै मन्त्रालयले सबैलाई थप सजगता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्