विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोनाभाईरस संक्रमण देखिएको छ ।
अध्यक्ष नेपालका सहयोगी मोहन गौतमका अनुसार सोमबार भएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार आएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ घरमै आराम गरिरहनुभएको गौतमको भनाइ छ । ‘सोमबार पीसीआर परीक्षणका लागि स्वाब दिइएको थियो । रिपोर्ट आज आएको हो’, गौतमले भन्नुभयो, ‘अहिले उहाँ होम आइसोलेसनमा हुनुहुन्छ ।’
यस अघि केहिदिन भित्रै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत आधा दर्जन नेताहरुमा कोभिड १९ संक्रमण देखिसकेको छ ।
फोटो:फाइल