प्रदेश नं १ मा १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि

<span class='c1'>प्रदेश नं १ मा १२५</span> <span class='c2'>जनामा कोरोना सङ्क्रमण पुष्टि</span>

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ को एन्टीजेन परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, सङ्खुवासभा र उदयपुरमा एक÷एक तथा प्रदेश बाहिरका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी यो प्रदेशमा पछिल्लो २४ घण्टामा तीन महिलासहित आठ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३८७ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्