सङ्क्रमण फैलिन नदिन प्रशासनको सक्रियता बढ्यो

<span class='c1'>सङ्क्रमण फैलिन नदिन</span> <span class='c2'>प्रशासनको सक्रियता बढ्यो</span>

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्याङ्जामा पूर्वसतर्कताका लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ ।

छिमेकी मुलुकसहित देशका विभिन्न भागमा सङ्क्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गराउने निर्णय गरेको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव आयोजना नगर्ने÷नगराउने निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले आगामी माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक सेवा प्राप्त गर्दा तथा सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्डलाई अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । खोप कार्ड लिएर आएका सेवाग्राहीलाई मात्रै सेवा दिइने उल्लेख छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा सञ्चालनमा आएका आइसोलेसन सेन्टरलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राख्ने, कोभिड–१९ को परीक्षणको दायरा बढाउन र नियमित खोप केन्द्रमा खोपलाई अभियानका रुपमा आगाडि बढाउन स्वास्थ्य कार्यालयले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

जिल्लाभित्रका अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेसन सेन्टर तथा अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न पनि सरोकारवालालाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्