विराटनगर । नेकपा एमाले मोरङका नेता तथा प्रदेशसभा सदस्य राजकुमार ओझा र मिक्लाजुङ्ग गाउँपालिका उपाध्यक्ष सरला राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा एमालेको जिल्ला अधिवेशन, जिल्ला सहकारी संघको निर्वाचन लगायतमा सहभागी नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो।
एमालेका नेता बिनोद ढकालले प्रदेशसभा सदस्य ओझा र उपाध्यक्ष राईलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उपाध्यक्ष राईले आफ्नो फेसबुक वालमा आफूलाई ओमिक्रोन संक्रमण पुष्टि भएको उल्लेख गर्नु भएको छ ।