प्रधानमन्त्री देउवाद्वारा ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई

<span class='c1'>प्रधानमन्त्री देउवाद्वारा ब्याडमिन्टन</span> <span class='c2'>खेलाडी दाहाललाई बधाई</span>

प्रधानमन्त्री शेरबाहदुर देउवाले विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएका प्रिन्स दाहाललाई बधाई दिनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत १९ वर्षीय ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई तथा आगामी दिनको शुभकामना दिनुभएको हो । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको वरियताअनुसार दाहाल पहिलोपटक शीर्षस्थानमा उक्लिनुभएको हो । उहाँको १० हजार ५०० अङ्क रहेको छ ।

महासङ्घले जारी गरेको वरियताअनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेशियाका जस्टिन होह हुनुहुन्छ । उहाँको नौ हजार ५९० अङ्क रहेको छ । यस्तै मलेशियाकै फाजरिक मोहमद रजिफ छ हजार ९२५ अङ्कसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको वरियता सार्वजनिक गर्ने गरेको छ । दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्