नियानो छ मायाँ न ओड्नै सक्या छु
सुराही र प्याला न छोड्नै सक्या छु
यहाँँ फूल बारी पहेंलिन लाग्यो
म आफैं छु माली न गोड्नै सक्या छु
कतै खेत बाँझो न फाली धस्या हो
जमेको छ पत्थर् न तोड्नै सक्या छु
उ छे रुप सागर् र वैंशालु आभा
धरा चाँद मैले न जोड्नै सक्या छु
सयौँ घाट पानी भयो भालु कन्पट्
गरें व्यर्थ वाचा न तोड्नै सक्या छु