विराटनगरमा १९१ सहित प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण

<span class='c1'>विराटनगरमा १९१ सहित प्रदेश १</span> <span class='c2'>मा ६१७ जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्वु र भोजपुरमा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कटहरी र कानेपोखरी २–२, बेलबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ६, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका ७–७, रामधुनीमा ३, बराहक्षेत्र र बर्जुमा २–२, गढी, भोक्राहानरसिंह र देवानगञ्ज १–१, झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, कमल गाउँपालिकामा ३, बाहृदशी र कचनकवलमा २–२, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको चुलाचुली र मांसेबुङमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्ड र नेचा सल्यानमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र १० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २ हजार १८१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्