सिडनीको सार्वजनिक बस कुदाउने विराटनगरकी काजोल पोखरेल

<span class='c1'>सिडनीको सार्वजनिक बस कुदाउने</span> <span class='c2'>विराटनगरकी काजोल पोखरेल</span>

विराटनगर । विराटनगर–१३ कोशी प्रोजेक्ट घर भएकी काजोल पोखरेल हाल अष्ट्रेलियाको सिडनी भन्ने शहरमा बस्छिन् ।

विराटनगरस्थित विराट म्यानेजमेन्ट क्याम्पसमा ब्याचलर तेश्रो वर्षमा अध्ययन गरिरहँदा उनी अष्ट्रेलिया गईन् । २० वर्षको हुँदा सन् २००७ मा स्टुडेन्ट भिसामा बिबिए अध्ययनका निम्ति अष्ट्रेलिया गएकी उनी हाल त्यही कै नागरिक भईसकेकी छन् । सरकारले उनलाई अष्ट्रेलियाको पि.आर दिएको छ ।

पढाईसँगै नर्सिङ स्टाफको रुपमा विभिन्न नर्सिङ होममा समेत काम गरेकी उनले सन् २०१२ मा आफ्नो अध्ययन सकेकी हुन् । आफ्नै खर्चमा ३ महिने असिस्टेन्ट इन नर्सिङको कोर्ष गरेर सिडनीकै विभिन्न नर्सिङ होममा काम गरेको अनुभव उनीसँग छ । सन् २००७ देखि २०१७ सम्म उनले अष्ट्रेलियाको ४ वटा नर्सिङ होममा काम गरिसकेकी छिन् । तर, हाल उनको पेशागत जिम्मेवारी फेरिएको छ । सन् २०२० देखि उनी अष्ट्रेलियन सरकारद्वारा सिडनीका नागरिकहरुका लागि सञ्चालित रात्रीकालीन बसमा महिला चालकको रुपमा कार्यरत छिन् ।

सरकारले त्यहाँका नागरिकका लागि सञ्चालन गरिदिएको बसको स्टेरिङमा अचेल विराटनगरकी काजोल पोखरेलको हात हुने गर्छ । परदेशी भूमि र विभिन्न प्राविधिक समस्यालाई चिर्दै उनी हाल सार्वजनिक सवारीको ड्राइभिङ सिटसम्म पुगेकी हुन् । यहाँ सार्वजनिक सवारीलाई महत्वपुर्ण र भरपर्दो यातायात माध्यमको रुपमा हेरिन्छ । सुरक्षित, मर्यादित र सम्मानित पेशाको रुपमा बस चालकलाई लिईन्छ ।

सन् २०१७ मा ‘बी’ वर्गको सवारी चालक अनुमति पत्र प्राप्त गरेकी उनले ४ जनाबाट छनौटमा परेर सार्वजनिक बस चलाउने अधिकार पाएकी हुन् । त्यसपछि निश्चित समयको तालिम लिएपछि हाल उनीले अष्ट्रेलियामा पूर्णकालिन रोजगार पाएकी छन् । ‘सानैदेखि ड्राईभिङ मन पर्‍थो । ट्रेनमा काम गर्ने ठुलो रहर थियो,’ पोखरेलले आवर विराटनगरसँग भनिन्, ‘ट्रेनमा काम गर्ने रहर पुरा नभएपनि ड्राईभिङको सपना भने पुरा भयो ।’

हाल उनी दिनको ३ बजेदेखि बिहानको ३ बजेसम्म दैनिक १२ घण्टा बस कुदाउँछिन् । यो पेशामा मासिक आम्दानी पनि राम्रै रहेको उनी बताउँछिन् । हाल मासिक ४ हजारदेखि ४ हजार ५ सय अष्ट्रेलियन डलरसम्मको कमाई हुने गरेको उनको भनाई छ । सिडनीको बस डेपोमा अत्याधुनिक प्रविधियुक्त ४०० बस छन् । उनी त्यसमध्येकै एक चालक हुन् ।

पोखरेलकोे परिवारका अधिकांश सदस्यहरु हाल अष्ट्रेलियामै छन् । दिदीभिनाजु सन् २००५ मै अष्ट्रेलिया गएको उनीले बताईन् । त्यसपछि सन् २०१८ मा पठनपाठनको सिलशिलमा भाउजु अष्ट्रेलिया गएपछि २०२० मा दाई पनि डिपेन्डेन्ट भिसामा यतै आएको उनीले जानकारी दिईन् ।

उनी भन्छिन्, ‘महिला हुँ भन्दै खुम्चिएर बस्नहुँदैन् । अवसर पाएपछि अघि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्