आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

<span class='c1'>आफ्ना कर्मचारीलाई युक्रेन</span> <span class='c2'>छोड्न अमेरिकाको आदेश</span>

अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।

पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न समाचारमाध्यमहरुले जनाएका छन् ।

किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीहरुलाई पनि अमेरिकी विदेश मन्त्रालयले युक्रेन छाड्न भनेको हो ।

सो दूताबासमा रहेका मात्र नभएर युक्रेनमा रहेका आफ्ना सबै नागरिकहरुलाई पनि सम्भव भएसम्म युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले अनुरोध गरेको छ ।

अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ । त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बताइएको छ ।

उता रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ । रुसले पछिल्ला समयमा अमेरिकाले लगाउँदै आएको सो आरोपको खण्डन पनि गर्दै आएको छ ।

तर, पनि अघिल्लो महिना देखि नै रुसले भने युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले यो कुरा उल्लेख गरेका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्